काठमाण्डौ । सरकारले आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसदको अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ।
यसअघि बुधबार सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते संसदको अधिवेशन आह्वान गरेका थिए। तर सोही अधिवेशन रोक्नका लागि बिहीबार सरकारले पुनः राष्ट्रपति कार्यालयमा पत्राचार गरेको हो।
सरकारले नयाँ अधिवेशन कहिले आह्वान गर्ने भन्नेबारे पत्रमा कुनै स्पष्ट मिति उल्लेख भने नगरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

