काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ७१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ४९.५७ प्रतिशतले वृद्धि भएको छ । संस्थाले तेस्रो त्रैमाससम्ममा १३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड ९२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ९ लाख २२ हजार रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार ३४.३७ प्रतिशतले बढेर ५ करोड ९१ लाख रुपैयाँ पुगेको छ । रिटेन्ट अर्निङ पनि २ करोड ५१ लाखबाट बढेर ३ करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ५८ करोड ४७ लाख र कर्जा प्रवाह २ अर्ब १७ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २१ लाख रहेको छ ।
यस्तै संस्थाको लाभांश क्षमता ३०.३९ प्रतिशत रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.४१ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४०.६२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६८.९१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७८७.८९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४४.३१ गुणा र तरलता अनुपात ८.०३ प्रतिशत रहेको छ ।

