काठमाण्डौ । ३५ दिनभित्र ५ गुणा पैसा बढ्ने भन्दै सर्वसाधारणको करोडौं ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।
सर्वसाधारणलाई ३५ दिनभित्र हालेको पैसा ५ गुणा बढ्ने र लाइसेन्स बनाईदिन्छु भन्दै ठग्ने २८ वर्षिय अन्जन बराल पक्राउ परेका हुन् ।
बरालले विगत एक वर्षदेखि विभिन्न बैंकका कर्मचारीसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाई हालेको पैसा ३५ दिनभित्र ५ गुणा हुन्छ भन्दै ठग्ने गरेका थिए । यसका लागि सर्वसाधारणलाई विश्वासमा पार्न उनले आफै रकम जम्मा गरी ग्राहकलाई लगानी गर्न लगाउने गर्दथे । यसरी ग्राहकले जम्मा गरेको रकम निकाली उनी सम्पर्क विहिन हुने गरेका थिए ।
यस्तै उनले लाईसेन्स बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई समेत ठग्ने गरेका थिए ।
अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धाना कार्य भईरहेको नेपाल प्रहरीले जनाएको छ ।