बिहीबार, बैशाख १७,२०८३ 11:26:06
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 11:26:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

किर्ते कागजबाट आयात खेल: भन्सारमा रोकियो १०० टन छोकडा

Bizshala
किर्ते कागजबाट आयात खेल: भन्सारमा रोकियो १०० टन छोकडा
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले प्रतिबन्धित वस्तु आयात गर्न नक्कली सरकारी कागजात प्रयोग गरिएको घटनामा एक व्यवसायीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले वीरगञ्जबाट नविनकुमार अग्रवाललाई नियन्त्रणमा लिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अनुसन्धानका क्रममा अग्रवालले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नाममा नक्कली लेटरहेड, छाप तथा हस्ताक्षर प्रयोग गरी ठूलो परिमाणमा छोकडा आयात गर्न खोजेको खुलेको छ। उक्त कागजात प्रयोग गरेर भन्सार कार्यालयमा अनुमति लिन प्रयास गरिएको थियो।

सरकारले यसअघि नै छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाइसकेको अवस्थामा यस्तो प्रयास गरिएको पाइएको छ। भन्सार कार्यालयमा सामान आइपुगेपछि शंका उत्पन्न भई सम्बन्धित निकायमा जानकारी गराउँदा कागजात नक्कली भएको पुष्टि भएको थियो। त्यसपछि उक्त सामान जफत गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

सीआईबीका अनुसार आरोपितले यसअघि पनि यस्तै गतिविधि गरेको आशंका गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी छ। अदालतबाट अनुमति लिएर लिखत सम्बन्धी कसुर अन्तर्गत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता गैरकानुनी काममा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X