काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा स्थगित गरिएको जनाएको छ ।
कम्पनीले गणपूरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको जनाएको छ ।
उक्त सभा यथासिघ्र तय गरी सेयधनीहरुलाई जानकारी गराइने कम्पनीले जनाएको छ ।
यसअघि गत चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औंं र १६ औं वार्षिक साधारण सभा डाकेको थियो । उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुने तय भएको थियो ।