बुधबार, श्रावण १३,२०८३ 06:04:13
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:04:13
Bizshala
Global IME Bank Limited

पहिरो पन्छाएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा

पहिरो पन्छाएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा
New Office

काठमाण्डौं । मकवानपुर र ललितपुरका दुई स्थानमा गएको पहिरो हटाइएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ।  

आइतबार बिहान अविरल वर्षापछि मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडा र ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरे क्षेत्रमा पहिरो खसेको थियो।

प्रहरीका अनुसार मकवानपुरतर्फको पहिरो बिहान करिब १० बजे हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो।

त्यसैगरी ललितपुरतर्फको पहिरो पनि पौने १२ बजे हटाएपछि पूर्ण रूपमा सवारी आवागमन खुलाइएको हो।

 

बिहान करिब ५ बजे पानी परेसँगै दुवै स्थानमा पहिरो गएको थियो।  

पहिरो हटाउने कार्यमा स्थानीयवासी, नेपाल प्रहरी र सडक विभागको टोलीले उपकरणसहित संयुक्त रूपमा काम गरेको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले जानकारी दिए।

पहिरो हटेपछि कान्तिलोकपथमा सवारी आवागमन सामान्य बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.