काठमाण्डौं । सरकारले मन्त्रालय पुनर्संरचना गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। यसअन्तर्गत ४ वटा मन्त्रालय खारेज गर्ने र ६ मन्त्रालयको नाम परिवर्तन गर्ने योजना अघि बढाइएको छ।
सरकारी स्रोतका अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज हुनेछन्।
खेलकुदलाई शिक्षा मन्त्रालयसँग गाभेर नयाँ ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ भने युवासम्बन्धी विषय अन्य सामाजिक क्षेत्रसँग एकीकृत गरिने तयारी छ।
त्यस्तै, खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभी ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइनेछ।
सरसफाइलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत लैजाने योजना छ।
केही महत्वपूर्ण क्षेत्रहरू भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिनेछन्।
यसका लागि गठन गरिएको कार्यदलले संघीय स्तरमा मन्त्रालय संख्या १७ मा सीमित गर्ने प्रस्ताव दिएको थियो, जसअनुसार सरकारले काम अघि बढाएको हो। मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिनेछन्।
भौतिक मन्त्रालयबाट छुट्टाएर यातायातलाई श्रमतिर लैजाने आन्तरिक तयारी छ,’ स्रोतले भन्यो, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्रीमातहत लगिने छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि, शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर प्रधानमन्त्री मातहत लाने तयारी छ ।
सय दिने प्रशासनिक सुधार योजनाअनुसार मन्त्रालय संख्या घटाउने प्रतिबद्धता कार्यान्वयन गर्न यो कदम चालिएको जनाइएको छ।

