काठमाण्डौं । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग नयाँ नभई पुरानै रहेको स्पष्ट पारेको छ।
नेपाल सरकारले चीन र भारतबीच उक्त मार्ग खुला गर्ने विषयमा पठाएको कूटनीतिक नोटको जवाफ दिँदै भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जयसवालका अनुसार लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग हो।
भारतले नेपालले उठाएका केही भू–भाग सम्बन्धी दाबी ऐतिहासिक प्रमाणमा आधारित नभएको उल्लेख गर्दै त्यस्ता एकपक्षीय दाबी स्वीकार्य नभएको जनाएको छ।जनाएको छ।
यद्यपि, सीमा विवादलगायतका विषयमा नेपालसँग कूटनीतिक माध्यमबाट रचनात्मक संवाद गर्न आफू तयार रहेको भारतले जनाएको छ।
यसअघि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाउँदै उक्त विषयमा ध्यानाकर्षण गराएको थियो, जसको जवाफ भारतले केही घण्टामै फर्काएको हो।।

