शनिबार, आश्विन १७,२०८३ 06:05:37
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 06:05:37
Bizshala
Global IME Bank Limited

धुन्चेमा भन्सार सिल तोडेर ल्याइँदै गरेको ४३६ थान भेप बरामद

Bizshala
धुन्चेमा भन्सार सिल तोडेर ल्याइँदै गरेको ४३६ थान भेप बरामद
New Office

काठमाण्डौं । धुन्चे क्षेत्रमा प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा ठूलो मात्रामा अवैध विद्युतीय चुरोट (भेप) फेला पारेको छ ।  

पछिल्लो घटनाले जसले सीमा नाकाबाट हुने अवैध कारोबार फेरि सतहमा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भन्सारबाट सिल गरिएको ट्रक जाँच्ने क्रममा लुकाइछिपाइ ल्याइएको भेप बरामद गरिएको हो। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरी निरीक्षक तथा प्रवक्ता राजु शाहका अनुसार वैशाख १८ गते गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले नियमित जाँचका क्रममा उक्त सामग्री फेला पारेको हो।

ना ६ ख ८०२७ नम्बरको कन्टेनर ट्रक, रसुवा आमाछोदिङमो गाउँपालिका–५ का ३४ वर्षीय रन्द्रि श्रेष्ठले चलाइरहेका थिए।  

कपडामुनि र अगाडिको क्याबिनमा लुकाएर राखिएको ‘ईएलएफबीएआर–३०के पफ’ लेखिएको ४३६ थान भेप प्रहरीले बरामद गरेको जनाएको छ।

बरामद भेप र सवारीसाधनको अनुमानित मूल्य करिब ३५ लाख ९० हजार रुपैयाँ रहेको छ।  

घटनापछि बरामद सामग्री, गाडी र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैशाख २० गते रसुवा भन्सार कार्यालय, टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.