काठमाण्डू, सरकारले संघीय संसदका दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले वैशाख २८ गते दिउँसो २ बजेदेखि संसद अधिवेशन शुरु गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार दुवै सदनको बैठक तोकिएको मितिबाट सञ्चालन गर्ने गरी आवश्यक सिफारिस राष्ट्रपतिलाई पठाउने निर्णय गरिएको छ।

