सोमबार, श्रावण १८,२०८३ 07:25:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:25:59
Bizshala
Global IME Bank Limited

अन्नपूर्णमा पर्यटक आकर्षण बढ्दो, साउनदेखि चैतसम्म मात्रै पुगे दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक

अन्नपूर्णमा पर्यटक आकर्षण बढ्दो, साउनदेखि चैतसम्म मात्रै पुगे दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक
New Office

काठमाण्डौं । नेपालको हिमाली पर्यटनको धड्कन मानिने अन्नपूर्ण संरक्षण क्षेत्र पछिल्लो समय विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा अझ सशक्त बन्दै गएको छ।  

गत साउनदेखि चैतसम्म मात्रै यहाँ दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका छन् । यो आगमनले पनि यस क्षेत्रको बढ्दो लोकप्रियता स्पष्ट देखाउँछ।

विशेषगरी चैत महिना यहाँको पर्यटनका लागि स्वर्णिम सावित भएको छ, जहाँ ६५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। 

मौसम, दृश्यावलोकन र पदयात्राका लागि अनुकूल समय भएकाले यो अवधि पर्यटकका लागि अत्यन्त आकर्षक मानिन्छ।  

यसको विपरीत, वर्षायामको साउनमा भने पर्यटकको संख्या न्यून रहँदै करिब ११ हजारमा सीमित भएको छ।

अन्नपूर्ण क्षेत्रले विभिन्न मौसममा फरक–फरक अनुभव दिने भएकाले वर्षभरि नै पर्यटकलाई तान्ने क्षमता राख्छ।  

असोज–कात्तिक र चैत–वैशाख जस्ता मुख्य सिजनमा यहाँको चहलपहल उच्च हुने गरेको छ ।  

जहाँ हिमाली दृश्य, स्वच्छ मौसम र सुरक्षित पदमार्गले यात्रालाई स्मरणीय बनाउँछ।

यो क्षेत्रमा आउने पर्यटकमध्ये दक्षिण एसियाली, विशेषगरी भारतीय पर्यटकको संख्या उल्लेखनीय छ।  

मुक्तिनाथ जस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यमा सडकमार्गबाट पुग्ने प्रवृत्ति बढी देखिन्छ भने अन्य देशका पर्यटकहरू भने पदयात्रामार्फत गहिरो अनुभव लिन रुचाउँछन्।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग ले यो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।

यस मार्गमा पर्ने अन्नपूर्ण आधार शिविर, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, घोडेपानी र पुनहिल जस्ता गन्तव्यहरूले साहसिक र प्राकृतिक सौन्दर्यको अनुपम संयोजन प्रस्तुत गर्छन्।

प्राकृतिक विविधता, हिमाली संस्कृतिको झल्को, स्थानीय समुदायको आतिथ्यता र विकसित हुँदै गएको पर्यटन पूर्वाधारका कारण अन्नपूर्ण क्षेत्र विश्वकै उत्कृष्ट ट्रेकिङ गन्तव्यहरूमध्ये एक मानिन्छ।  

कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका विस्तृत भूभागमा फैलिएको यो क्षेत्र आन्तरिक र बाह्य दुवै पर्यटकका लागि अविस्मरणीय अनुभवको थलो बन्दै गएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.