काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सजल खड्का नियुक्त भएका छन् । वैशाख २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई वैशाख २२ गतेदेखि नै लागू हुनेगरी उक्त जिम्मेवारी दिइएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।