बिहीबार, भाद्र ४,२०८३ 11:24:53
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 11:24:53
Bizshala
Global IME Bank Limited

सुकुम्वासी विस्थापनविरुद्ध देशव्यापी आक्रोश, माइतीघरमा ‘रित्तो थाली’सहित प्रदर्शन

सुकुम्वासी विस्थापनविरुद्ध देशव्यापी आक्रोश, माइतीघरमा ‘रित्तो थाली’सहित प्रदर्शन
New Office

काठमाण्डौं । काठमाडौँका विभिन्न सुकुम्वासी बस्ती हटाइएको विरोधमा भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले देशभर आन्दोलन चर्काएका छन्।  

शुक्रबार संयुक्त सुकुम्वासी मोर्चाको नेतृत्वमा उनीहरूले माइतीघर मण्डलमा रित्तो थाली र चम्चा बोकेर प्रदर्शन गरे।

Bizshala
CG Motors

प्रदर्शनकारीहरूले “विकासको नाममा विस्थापन बन्द गर”, “डोजर आतंक रोक”, “बाँच्ने अधिकार दे” जस्ता नारा लगाउँदै बस्ती भत्काउने सरकारी अभियानको विरोध गरेका छन्।

सरकारले केही दिनयता काठमाडौँसहित विभिन्न स्थानमा बस्ती खाली गर्ने अभियान चलाएपछि भूमिहीन समुदाय आन्दोलित भएको हो।  

काठमाडौँमा मात्रै हजारौँ व्यक्ति विस्थापित भएको दाबी गर्दै आन्दोलन देशव्यापी बनेको उनीहरूको भनाइ छ।

 

रुपन्देही, दाङ, मोरङ, मकवानपुर र बर्दियालगायत जिल्लामा पनि विरोध प्रदर्शन भइरहेका छन्।  

प्रदर्शनकारीहरूले पूर्वसूचना र पुनर्वासको व्यवस्था बिना डोजर चलाइएको भन्दै तत्काल रोक्न माग गरेका छन्।

उनीहरूको मुख्य माग भूमि आयोगमार्फत भूमिहीनको पहिचान, लालपुर्जा वितरण र व्यवस्थित पुनर्वास सुनिश्चित गर्नु रहेको छ।

सरकारले भने अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान जारी रहने र त्यसपछि मात्र व्यवस्थापनको प्रक्रिया अघि बढाइने बताउँदै आएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.