सोमबार, श्रावण १८,२०८३ 05:47:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:47:59
Bizshala
Global IME Bank Limited

निर्वाचन प्रणाली सुधारका लागि राजनीतिक दलसँग छलफल गर्दै आयोग

निर्वाचन प्रणाली सुधारका लागि राजनीतिक दलसँग छलफल गर्दै आयोग
New Office

काठमाण्डौं   । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनी संरचना सुधार तथा एकीकरणबारे आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आयोगले हाल कायम रहेका निर्वाचनसम्बन्धी सातवटा ऐनलाई एकीकृत गरी तयार पारिएको विधेयक मस्यौदामाथि दलहरूको सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार छलफल बिहान साढे ११ बजे शुरु हुने छ ।  

आयोगले दलहरूको सुझावका आधारमा मस्यौदालाई थप परिष्कृत बनाउने तयारी गरेको छ ।

उक्त मस्यौदा २०८० असार १८ गते सरकारसमक्ष पठाइएको भएपनि लामो समय गृह मन्त्रालयमा अड्किएर बसेको थियो । 

पछि संसद् विघटन भएपछि विधेयक पुनः आयोगमै फिर्ता आएको जनाइएको छ ।

यसअघि आयोगले यही वैशाख १५ गते राजनीतिक दलहरूलाई पत्राचार गर्दै मस्यौदामाथि राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.