सोमबार, बैशाख २८,२०८३ 10:02:09
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 10:02:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सार्वजनिक निकायमा सफाइ मापदण्ड लागू गर्न देशभर ‘सरसफाइ सप्ताह २०८३’ आजदेखि शुरु

Bizshala
सार्वजनिक निकायमा सफाइ मापदण्ड लागू गर्न देशभर ‘सरसफाइ सप्ताह २०८३’ आजदेखि शुरु
Shivam Cement

काठमाण्डौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित ‘सरसफाइ सप्ताह २०८३’ सोमबारदेखि देशभर शुरु गर्ने भएको छ ।

‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सञ्चालन हुने यो अभियान सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालय तथा सार्वजनिक शैक्षिक संस्थासम्म लागू गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै निकायलाई सक्रिय सहभागिताका लागि विशेष निर्देशन जारी गरेको छ ।

अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने कार्यक्रम तय भएको छ ।

सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार कार्यालयहरूमा न्यून लागतमा प्रभावकारी सरसफाइ सुनिश्चित गर्ने र कार्य वातावरणलाई स्वच्छ तथा सुरक्षित बनाउने लक्ष्य लिइएको छ ।

मार्गदर्शनमा सरकारी कार्यालयमा स्पष्ट सूचना बोर्ड, नागरिक बडापत्र र संकेत प्रणाली व्यवस्थित गर्ने, भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने र सेवा क्षेत्र तथा प्रवेशद्वारलाई सफा र आकर्षक बनाउने व्यवस्था समेटिएको छ ।

त्यसैगरी शौचालयलाई दुर्गन्धरहित बनाउने, नियमित पानी आपूर्ति सुनिश्चित गर्ने, हात धुने स्थानमा साबुन अनिवार्य गर्ने तथा दैनिक सरसफाइको अभिलेख राख्ने व्यवस्था गरिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

शौचालयलाई महिलामैत्री, सेनेटरी डिस्पोजलयुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउनुपर्ने पनि उल्लेख छ ।

कार्यालयमा कुहिने र नकुहिने फोहोर छुट्याउन कम्तीमा दुई प्रकारका डस्टबिन राख्ने, पुराना तथा काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्ने र खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी कार्यालय परिसर, नाली र ढल सफा राख्ने, पार्किङ क्षेत्र व्यवस्थित गर्ने, अव्यवस्थित तार र पोस्टर हटाउने तथा सेवाग्राहीका लागि सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्ने निर्देशन पनि दिइएको छ ।

अभियानलाई दिगो बनाउन प्रत्येक कार्यालयमा सरसफाइ सम्पर्क व्यक्ति तोकिने, साप्ताहिक कार्ययोजना तयार गर्ने र मासिक स्वमूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।  

यसको कार्यान्वयन र अनुगमन सम्बन्धित कार्यालय प्रमुखले गर्ने व्यवस्था गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.