काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको १३ करोड ८४ लाखको तुलनामा ४३.५५ प्रतिशतले बढी हो ।
विद्युत बिक्री आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफा बढेको छ । कम्पनीले यो अवधिसम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३ करोड ७७ लाख थियो ।
अघिल्लो आवमा ३ करोड ७८ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ५ करोड ८७ लाख पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च २६ लाख ७७ हजार, साधारण तथा प्रशासनिक खर्च ७१ लाख ३२ हजार र ह्रासकट्टी खर्च ४ करोड ७४ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.९५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५५.१० रुपैयाँ कायम भएको छ ।

