शुक्रबार, जेष्ठ १,२०८३ 01:42:59
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:42:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गरे नागढुङ्गा–मुग्लिङ सडक निरीक्षण

Laxmi Sunrise Bank Limited
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गरे नागढुङ्गा–मुग्लिङ सडक निरीक्षण
Shivam Cement

काठमाण्डौँ । देशको प्रमुख पूर्वाधार परियोजनामध्ये एक मानिएको नागढुङ्गा–मुग्लिङ सडक खण्डको निर्माण कार्यको अवस्था बुझ्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले स्थलगत निरीक्षण गरेका छन् ।  

पछिल्ला महिनाहरूमा निर्माण कार्य सुस्त हुनु, सामग्री आपूर्ति अवरुद्ध हुनु तथा आयोजना कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रत्यक्ष जानकारी लिन मन्त्री लम्साल टोलीसहित उक्त क्षेत्रमा पुगेका हुन्।

Bizshala
New Office
CG Motors

निरीक्षणका क्रममा मन्त्रीले आयोजनासँग सम्बन्धित प्राविधिक टोली, ठेकेदार कम्पनीका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग विस्तृत छलफल गरे ।  

छलफलमा निर्माण कार्य किन अपेक्षाकृत ढिलो भइरहेको छ, कुन–कुन प्राविधिक तथा आपूर्ति समस्या देखिएका छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रिपोर्ट प्रस्तुत गरिएको थियो।  

मन्त्री लम्सालले आयोजना समयमै सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक नीति तथा आपूर्ति व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।  

हाल यस सडक आयोजनामा निर्माण सामग्री आपूर्तिमा आएको अन्तर्राष्ट्रिय संकटले प्रत्यक्ष असर पारेको छ।  

पश्चिम एशियामा जारी द्वन्द्व र अस्थिरताका कारण बिटुमिन तथा अन्य पेट्रोलियमजन्य कच्चा पदार्थको आपूर्ति प्रभावित हुँदा नेपालमा सडक निर्माण कार्यमा ठूलो अवरोध सिर्जना भएको छ।

विशेषगरी कालोपत्रे कार्यका लागि अत्यावश्यक बिटुमिनको अभावले निर्माण गति उल्लेख्य रूपमा घटेको प्राविधिक स्रोतहरूले बताएका छन्।

यसै कारण नागढुङ्गा–मुग्लिङ मात्र होइन, देशभर सञ्चालनमा रहेका अन्य सडक तथा पूर्वाधार आयोजनाहरू पनि प्रभावित भएका छन्।  

केही आयोजनामा काम आंशिक रूपमा रोकिएको छ भने कतिपय खण्डमा सीमित जनशक्ति र सामग्रीका आधारमा मात्र काम अगाडि बढाइएको छ।  

इन्धन आपूर्तिमा देखिएको अस्थिरताले पनि निर्माण उपकरण सञ्चालन र ढुवानीमा थप कठिनाइ सिर्जना गरेको छ।

 

Garima Development Bank
Shivam Cement
IME remit

यो सडक स्तरोन्नति आयोजना त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत तीन फरक प्याकेजमा विभाजन गरी कार्यान्वयन भइरहेको छ।  

पहिलो प्याकेज नागढुङ्गा–नौबिसे खण्ड (१२.२६ किलोमिटर), दोस्रो नौबिसे–मलेखु खण्ड (४३.५४ किलोमिटर) र तेस्रो मलेखु–मुग्लिङ खण्ड (३८.८६ किलोमिटर) रहेको छ। 

यी खण्डहरू विस्तार तथा सुधारपछि काठमाडौँलाई देशको पश्चिमी तथा मध्यपहाडी क्षेत्रसँग जोड्ने मुख्य यातायात मार्ग अझ सहज, सुरक्षित र दिगो हुने अपेक्षा गरिएको छ।

सरकारले यस सडकलाई राष्ट्रिय यातायात सञ्जालको अत्यन्तै महत्वपूर्ण र रणनीतिक पूर्वाधारका रूपमा लिएको छ।  

तर, निर्माण सामग्री आपूर्तिमा आएको अवरोध, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य तथा उपलब्धता अस्थिरता र स्थानीय भौगोलिक चुनौतीका कारण काम निर्धारित समयसीमाभित्र सम्पन्न गर्न कठिनाइ देखिएको छ।

निरीक्षणका क्रममा मन्त्री लम्सालले निर्माण कम्पनीहरूलाई वैकल्पिक आपूर्ति स्रोत खोज्न, उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न तथा कामको गति तीव्र बनाउन निर्देशन दिए ।  

साथै, मन्त्रालयले पनि आवश्यक समन्वय गरी निर्माण सामग्री आपूर्ति सहज बनाउन कूटनीतिक तथा प्रशासनिक पहल गरिरहेको जानकारी उनले दिए ।  

स्थानीयवासीहरूले भने लामो समयदेखि सडक विस्तार सुस्त हुँदा यात्रा जोखिमपूर्ण बनेको, जाम र दुर्घटनाको जोखिम बढेको तथा दैनिक आवागमन प्रभावित भएको गुनासो गरेका छन्।  

 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X