शुक्रबार, जेष्ठ १,२०८३ 05:35:19
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:35:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चितवनमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, एउटै परिवारका दुई जना गम्भीर

Laxmi Sunrise Bank Limited
चितवनमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, एउटै परिवारका दुई जना गम्भीर
Shivam Cement

काठमाण्डौं । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एउटै परिवारका अन्य दुई बालबालिका गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।

मृत्यु हुनेमा ६ वर्षीया नमुना चेपाङ रहेको प्रहरीले जनाएको छ। 

Bizshala
New Office
CG Motors

उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्।

जंगली च्याउ सेवनपछि बिरामी परेकी नमूनाको शुक्रबार बिहान घरमै मृत्यु भएको स्थानीयले बताएका छन्।  

घटनापछि उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

नमुनासँगै उनका दाजु सजन चेपाङ र दिदी मनिता चेपाङ पनि सोही च्याउ खाँदा गम्भीर बिरामी परेका छन्।

सजन कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको जनाइएको छ। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल भर्ना गरिएको छ।

परिवारका अनुसार गत मंगलबार बुबा श्यामबहादुर चेपाङ र आमा पदममाया चेपाङसँगै तीन जना बालबालिकाले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए।  

च्याउ खाएपछि उनीहरू बिरामी परेपनि उपचारका लागि अस्पताल नलगी घरमै बसिरहेका थिए। शुक्रबार बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे जानकारी पाएका थिए।

त्यसपछि स्थानीयवासीको सहयोगमा बिरामी परेका दुई बालबालिकालाई हतारहतार अस्पताल लगिएको हो।  

हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले आफूले नै गाडीको व्यवस्था गरेर बिरामीलाई भरतपुर अस्पताल पुर्‍याएको बताएका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

उनका अनुसार स्वास्थ्य संस्थामा बिरामी अवस्थामा बालबालिकालाई ल्याइएको देखेपछि तत्काल उपचारका लागि अस्पताल पठाउने व्यवस्था गरिएको थियो।  

“एक जनाको मृत्यु भइसकेको अवस्थामा बाँकी दुई जनाको ज्यान जोगाउन समयमै अस्पताल ल्याउन सफल भयौँ,” प्रधानाध्यापक मगरले बताएका छन्।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा सहायक मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद पौडेलका अनुसार बिरामीमध्ये १२ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर छ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

डा. पौडेलका अनुसार जंगली च्याउमा पाइने “एमेनिटा” नामक विषालु तत्व अत्यन्त खतरनाक हुन्छ।

यसले कलेजोमा गम्भीर असर पार्ने, मिर्गौला फेल गराउने, दिमागमा असर पुर्‍याउने तथा बिरामीलाई बेहोस बनाउने जोखिम हुन्छ।  

समयमै उपचार नपाउँदा यस्ता घटनामा ज्यान जाने सम्भावना उच्च रहने चिकित्सकहरूले बताएका छन्।

अस्पतालले बालबालिकाका बुबाआमालाई पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल आउन आग्रह गरेको छ।

चिकित्सकहरूका अनुसार विषको असर केही अवस्थामा ढिलो देखिन सक्ने भएकाले निगरानी आवश्यक हुन्छ।

घटनापछि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले ग्रामीण क्षेत्रमा विषालु जंगली च्याउबारे जनचेतना अभाव रहेको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X