काठमाण्डौ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न छुट योजना सार्वजनिक गरेको छ ।
कम्पनीले यही आगामी जेष्ठ मसान्तसम्मका लागि निम्न बमोजिमका बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।
बम्पर छुट सहितका योजनाहरुः
योजना छुट सहितको शुल्क सामान्य शुल्क छुट (प्रतिशत):
नि:शुल्क डिम्याट र १ वर्ष डिम्याट तथा मेरो सेयरको नविकरण– रु. १०० छुट (५०%)
नि:शुल्क डिम्याट खाता खोली आजिवन नविकरण – रु.१४९९ छुट (८०.१४%)
नि:शुल्क डिम्याट खाताखोलीआजिवन डिम्याट तथा मेरो सेयर नविकरण– रु.१९९९ छुट( ८२.३१%)
यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुकता ल्याउने विश्वास कम्पनीले लिएको जनाएको छ । उल्लेखित छुटसहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ ।