मंगलवार, आश्विन २०,२०८३ 03:16:15
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:16:15
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकका सिद्धान्तमाथि संसद्मा बहस हुने

Bizshala
प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकका सिद्धान्तमाथि संसद्मा बहस हुने
New Office

काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।  

 

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई थप अघि बढाइने अपेक्षा गरिएको छ ।

सरकारको आर्थिक नीति, विकास प्राथमिकता, सार्वजनिक खर्च व्यवस्थापन तथा बजेटको समग्र दिशा तय गर्ने आधारका रूपमा हेरिएको यस छलफललाई संसद्को बजेट पूर्वतयारीको महत्वपूर्ण चरण मानिएको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।  

छलफलका क्रममा सांसदहरूले आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, विकास आयोजनाको प्रभावकारिता, राजस्व परिचालन तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय उठाएका थिए ।

सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । 

उनले सरकार आर्थिक अनुशासन कायम गर्दै उत्पादनमुखी, रोजगारी केन्द्रित र निजी क्षेत्रमैत्री बजेट ल्याउने तयारीमा रहेको बताएका थिए ।  

साथै सीमित स्रोतसाधनका बीच विकास खर्चलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने संकेत पनि दिएका थिए ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सोमबारदेखि शुरु भएको हो ।  

अर्थमन्त्री डा. वाग्लेले वैशाख ३१ गते प्रतिनिधिसभामा उक्त प्रस्ताव पेश गरेका थिए ।  

प्रस्तावमार्फत सरकारले आगामी आर्थिक वर्षका लागि अपनाइने आर्थिक नीति, खर्च प्राथमिकता तथा विकास रणनीतिबारे प्रारम्भिक रूपरेखा संसद्समक्ष प्रस्तुत गरेको थियो ।

संसदीय अभ्यासअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई आगामी बजेटको आधार तय गर्ने प्रारम्भिक प्रक्रिया मानिन्छ ।

यही छलफलबाट प्राप्त सुझावका आधारमा सरकारले आगामी आर्थिक वर्षको पूर्ण बजेट तयारीलाई अन्तिम रूप दिनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.