Bizshala
  • बुधबार, असार २४,२०८३ 07:58:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, ४.७४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

Laxmi Sunrise Bank Limited
बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, ४.७४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत चैत २२ गतेदेखि २०८३ वैशाख २८ गतेसम्म जारी गरेको हकप्रद जेठ ७ गते बाँडफाँड गरेको हो ।  

कम्पनीले २०८२ माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीहरुलाई ३५ लाख २५ हजार ३०४ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसरी कम्पनीको ४ लाख ७४ हजार ६९६ कित्ता हकप्रद भने बिक्री हुन सकेन । कम्पनीले उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।  

साथै, बाँडफाँडमा नपरेको हकप्रद सेयरबापतको रकम जेठ ८ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.