शुक्रबार, जेष्ठ ८,२०८३ 07:23:57
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 07:23:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । यही जेठ ७ गते ३२ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले जेठ २ गते देखी जेठ७ गते सम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।

वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरु समेटिएको थियो ।

साथै जेठ ४ गते बैंकको केन्दि«य कार्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते  निःशुल्क दन्त तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । उक्त शिविरहरुमा करिब २०० जना व्यक्तिहरुको स्वास्थ्य, आँखा तथा दाँतको परिक्षण गरिएको थियो ।

Bizshala
New Office
CG Motors

यसका साथै, बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्दि«य कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरु मार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३२ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।

सोही दिन बैंकले सस्ंकृती प्रबद्र्धन तथा मन्दिर सरसफाईलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरुमा सरसफाई लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ । 

साथै, ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैंचा प्रबद्र्धन÷मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रबद्र्धनको लागि समेत बैंकले सहयोग गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै बैंकले जेष्ठ ७ गते बिहिबार केन्दि«य कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन समेत गरेको थियो । सोही दिन श्री नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी ब्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ ।

अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रबद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यका साथ हरेको वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा संकलन गरिएका फोटोहरु समेत बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.