सोमबार, श्रावण १८,२०८३ 06:08:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:08:53
Bizshala
Global IME Bank Limited

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
New Office

काठमाण्डौ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकको रूपमा आफ्नो आबद्धता घोषणा गरेको छ । यससम्बन्धी औपचारिक घोषणा २०८३ जेठ ७ गते ललितपुरस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो ।

नेपालको टायल तथा डिजाइन उद्योगमा अग्रणी स्थान बनाएको कजारियाले मिस नेपाल २०२६ सँगको सहकार्यलाई केवल व्यावसायिक प्रायोजनभन्दा माथि उठेर प्रेरणा, आत्मविश्वास र आधुनिक नेपाली आकांक्षासँग जोडिएको अभियानका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यो सहकार्यले नेपाली युवापुस्तालाई आफ्नो क्षमता पहिचान गर्न तथा सफलताको यात्रामा अग्रसर हुन प्रेरित गर्ने विश्वास लिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कजारियाका प्रवक्ताले मिस नेपाल प्रतियोगिताले आधुनिक नेपालको आत्मविश्वास, महत्वाकांक्षा र उत्कृष्टताको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यससँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । 

उनले कजारियाले सदैव गुणस्तरीय उत्पादनसँगै समाजमा सकारात्मक प्रभाव पार्ने मञ्चहरूसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले मिस नेपाल २०२६ सँगको सहकार्यबाट आफ्नो ब्रान्डलाई आधुनिक जीवनशैली, भव्यता र विश्वसनीयताको प्रतीकका रूपमा थप स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । साथै, देशभरका उपभोक्तासँग भावनात्मक सम्बन्ध विस्तार गर्दै बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने रणनीति पनि अघि सारेको छ ।

उन्नत प्रविधियुक्त उत्पादन प्रणालीमार्फत नेपालकै ठूलो टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कजारियाले हाल नेपालभर १०० भन्दा बढी शोरूममार्फत आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादनहरू टिकाउ, पानी तथा दाग प्रतिरोधी र आधुनिक डिजाइनयुक्त रहेको बताइएको छ ।

कजारियाले अन्तर्राष्ट्रिय स्तरका विभिन्न मान्यता तथा प्रमाणपत्र प्राप्त गरिसकेको छ । कम्पनीले गुणस्तर र दिगोपनाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै विश्वस्तरीय उत्पादनमार्फत नेपाली बजारमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै लगेको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.