शुक्रबार, जेष्ठ ८,२०८३ 07:23:16
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 07:23:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खानेपानीको कर, बिजुली महसुल र चर्को ब्याजदर हटाउन सांसदहरूको जोड

Laxmi Sunrise Bank Limited
खानेपानीको कर, बिजुली महसुल र चर्को ब्याजदर हटाउन सांसदहरूको जोड
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सदस्य सुशान्त वैदिक प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दिप रानाा राष्ट्रियसभा सदस्य जगत तिमिल्सीना, नगर विकास कोष आयोजना मूल्यांकन महाशाखा प्रमुख सुवास पन्त, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतम लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाको बन्दसत्रमा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा समसामयिक प्रस्तावमाथि छलफल गरिने महासंघले जनाएको छ ।

‘खानेपानीमा भ्याट लाग्नु पर्ने कुनै कारण छैन’ – सुशान्त वैदिक

प्रमुख अतिथि सांसद सुशान्त वैदिकले खानेपानीलाई राज्यको सबैभन्दा आधारभूत आवश्यकता भन्दै सेवामूलक संस्थामाथि लगाइएको कर हटाउन सरकार गम्भीर हुनुपर्ने बताए।

उनले भने, ‘खानेपानी आधारभूत सेवा हो। यस्तो सेवामूलक संस्थामा भ्याट लाग्नु पर्ने कुनै कारण छैन। मेरो डायरीको पहिलो बुँदामै खानेपानीबाट भ्याट हटाउनुपर्छ भन्ने कुरा लेखेको छु।’

Bizshala
New Office
CG Motors

वैदिकले सरकारले विक्रम संवत् २०८७ सम्म देशभर स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिएको स्मरण गराउँदै त्यसको मुख्य आधार उपभोक्ता समितिहरू नै भएको बताए।

उनले भने, ‘सरकारले योजना बनाउँछ, तर घरघरमा धारा, ट्यांकी र पाइप पुर्‍याउने काम हजुरहरू जस्ता उपभोक्ता समितिले गर्नुहुन्छ।’ उनले नगर विकास कोष मार्फत लिइने ऋणको ब्याजदर उच्च भएको स्वीकार गर्दै विदेशी मुद्रा विनिमय दरका कारण समस्या जटिल बनेको बताए। यद्यपि वैकल्पिक वित्तीय मोडल, अनुदान र सरकारको योगदान बढाएर राहत दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो।

त्यसैगरी उनले खानेपानी क्षेत्रमा प्रयोग हुने विद्युत महसुलमा समेत छुट दिनुपर्ने धारणा राख्दै ‘हाइड्रोजन उद्योगलाई छुट दिनुभन्दा पहिले खानेपानीलाई प्राथमिकता दिनुपर्छ’ भने।

‘२५ प्रतिशत कर छुट हुन्छ भन्नेमा विश्वस्त छौँ’ – खेमराज ओली

महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी उपभोक्ता संस्थाहरूले भोगिरहेको कर, विद्युत महसुल र ब्याजदरको समस्याबारे सरकार गम्भीर बन्न थालेको दाबी गरे।

उनले सांसद वैदिकले महासंघका मुद्दाहरू गहिरो रूपमा अध्ययन गरेको उल्लेख गर्दै भने, ‘हामी विश्वस्त छौँ, बजेट भाषणमार्फत सेवामूलक संस्थामाथिको २५ प्रतिशत करमा कम्तीमा १५ प्रतिशत छुट हुनेछ।’ ओलीले आन्दोलनभन्दा पनि संवाद र सहकार्यमार्फत समाधान खोज्नुपर्ने बताए।

Garima Development Bank
Shivam Cement
IME remit

‘खानेपानी, स्वास्थ्य र शिक्षा राज्यको दायित्व हो’ – सन्दिप राणा

प्रतिनिधिसभा सदस्य सन्दिप राणाले स्वच्छ खानेपानीलाई संविधानले सुनिश्चित गरेको मौलिक हक भएको उल्लेख गर्दै अझै ठूलो जनसंख्या सुरक्षित खानेपानीबाट वञ्चित रहेको बताए। उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘२०७८ सम्म देशभर सुरक्षित खानेपानीको पहुँच जम्मा २८ प्रतिशतमा सीमित थियो। अहिले त्यो करिब ४७ प्रतिशत पुगेको छ, तर अझै धेरै काम गर्न बाँकी छ।’

राणाले सडक विस्तारका क्रममा पानीका मुहान नष्ट भइरहेका कारण बर्खायाममा धमिलो र दूषित पानी पिउन नागरिक बाध्य भएको बताए। उनले भने, ‘हामीले विकासको नाममा मुहान नै सुकाइरहेका छौँ। सुरक्षित खानेपानीको विषयलाई अब प्राथमिकतामा राख्नैपर्छ।’

उनले खानेपानी संस्थामाथि लगाइएको २५ प्रतिशत कर घटाउन संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै लिफ्टिङ खानेपानीमा लागू गरिएको ५० प्रतिशत विद्युत महसुल छुटलाई विस्तार गरी सम्पूर्ण खानेपानी प्रणालीमा निःशुल्क विद्युतको व्यवस्था गर्नुपर्ने बताए।

उनले तीन तहका सरकारबीचको जिम्मेवारी अस्पष्ट हुँदा खानेपानी आयोजना अलपत्र परेको टिप्पणी गर्दै एकद्वार प्रणाली आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा सहभागी वक्ताहरूले खानेपानीलाई व्यापारिक वस्तु नभई आधारभूत मानव अधिकारका रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले निजी क्षेत्रबाट राज्यले अतुलनीय योग्दान गरेकाले सम्मान गर्नुपर्ने बताए ।

सरकार, उपभोक्ता समिति र स्थानीय तहबीच समन्वय बलियो बनाउन सके मात्र हरेक घरमा सुरक्षित खानेपानीको लक्ष्य पूरा हुने निष्कर्ष कार्यक्रममा निकालिएको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.