मंगलवार, आश्विन २०,२०८३ 03:05:18
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:05:19
Bizshala
Global IME Bank Limited

मदन भण्डारीका विचारलाई समयअनुकूल विकास गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

Bizshala
मदन भण्डारीका विचारलाई समयअनुकूल विकास गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
New Office

काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजको युवा पुस्ताले परम्परागत ज्ञानमा मात्र सीमित नरही विश्वव्यापी प्रतिस्पर्धा, प्रविधि र नवप्रवर्तनसँग आफूलाई अनुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।  

शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताइन । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले बदलिँदो विश्व परिवेशमा युवाले दक्षता, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्नु अपरिहार्य बन्दै गएको  दावी गरिन ।  

नयाँ पुस्तालाई विज्ञान, सूचना प्रविधि, अनुसन्धान तथा आधुनिक सीपसँग जोडिन आग्रह गर्दै ज्ञान र प्रविधिको प्रभावकारी प्रयोगबाट मात्रै समाज रूपान्तरण र राष्ट्र निर्माणमा सार्थक योगदान दिन सकिने धारणा उनको थियो ।  

युवाले अवसर खोज्नेभन्दा अवसर सिर्जना गर्ने सोच विकास गर्नुपर्नेमा पनि उनले जोड दिइन ।  

पूर्वराष्ट्रपति भण्डारीले वैचारिक परिपक्वता, लोकतान्त्रिक संस्कार र आधुनिक प्रविधिको सन्तुलित प्रयोगले मात्रै मुलुकलाई समकालीन चुनौतीबाट बाहिर निकाल्न सकिने उल्लेख गरिन ।  

उनका अनुसार राजनीतिक चेतना, सामाजिक उत्तरदायित्व र प्राविधिक दक्षताको संयोजन आजको आवश्यकता बनेको छ ।

उनले युवा पुस्तालाई अध्ययन, अनुसन्धान, खुला बहस र रचनात्मक संवादमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै बदलिँदो समयको आवश्यकता बुझेर नवीन सोच, ज्ञान र क्षमतामार्फत मुलुकको विकास यात्रामा योगदान दिन आह्वान गरिन । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.