सोमबार, जेष्ठ ११,२०८३ 02:07:55
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 02:07:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिने

Laxmi Sunrise Bank Limited
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिने
Shivam Cement

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको बहसलाई अघि बढाइने भएको छ ।  

प्रदेश सरकारको आगामी बजेटको दिशा र प्राथमिकतामाथि केन्द्रित छलफल आज पनि जारी रहनेछ ।

Bizshala
New Office
CG Motors

प्रदेशसभा सचिवालयले दिएको जानकारीअनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।  

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की ले सांसदहरूले उठाएका प्रश्न र आलोचनामाथि सरकारको तर्फबाट जवाफ दिने कार्यक्रम रहेको छ ।

शनिबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलका क्रममा प्रतिपक्षी सांसदहरूले मात्रै होइन, केही सत्तापक्ष सांसदहरूले समेत सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।  

विशेषगरी नीति तथा कार्यक्रम सार्वजनिक नगरी बजेट प्रक्रिया अघि बढाइएको विषयलाई लिएर प्रदेशसभामा चर्को आलोचना भएको थियो ।

 

Garima Development Bank
Shivam Cement
IME remit

सांसदहरूले नीति तथा कार्यक्रम नै बजेटको आधार हुने भएकाले त्यसलाई अघि नसारी विनियोजन विधेयक ल्याउनु संसदीय अभ्यास, विधि र प्रक्रियाविपरीत भएको टिप्पणी गरेका थिए ।  

उनीहरूले प्रदेश सरकारले स्पष्ट योजना, विकासको प्राथमिकता र दीर्घकालीन दृष्टिकोणबिना बजेट निर्माण प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएका छन् ।

आजको बैठकमा मन्त्री कार्कीले सांसदहरूको जिज्ञासा र आलोचनाको जवाफ दिने भएपछि प्रदेश सरकारको बजेट नीति, खर्च प्राथमिकता र आगामी आर्थिक वर्षको विकास रणनीतिबारे थप बहस हुने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.