सोमबार, श्रावण १८,२०८३ 05:46:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:46:40
Bizshala
Global IME Bank Limited

अमेरिका–इरान वार्ताको आशामा कच्चा तेलको मूल्य दुई साताकै न्यून

अमेरिका–इरान वार्ताको आशामा कच्चा तेलको मूल्य दुई साताकै न्यून
New Office

काठमाण्डौं । अमेरिका–इरान सम्बन्धमा सम्भावित सुधारको संकेत देखिएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।  

दुई देशबीच शान्ति समझदारीतर्फ प्रगति भइरहेको चर्चा बढेपछि सोमबार विश्व बजारमा तेलको भाउ पछिल्ला दुई साताकै तल्लो स्तरमा झरेको हो ।

यद्यपि आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र समुद्री मार्ग सुरक्षालगायत विषयमा वासिङ्टन र तेहरानबीचका मतभेद पूर्ण रूपमा अन्त्य भएका छैनन् ।

त्यसका बाबजुद वार्ता अगाडि बढ्न सक्ने सम्भावनाले लगानीकर्ता र बजार सहभागीबीच सकारात्मक संकेत दिएको अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख गरिएको छ ।

सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.५५ प्रतिशतले घट्दै ९८.८३ डलरमा पुगेको छ ।  

त्यसैगरी अमेरिकी मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) तेलको मूल्य ४.७३ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ९२.०३ डलरमा झरेको छ ।  

यी दुवै मूल्य सूचक मे महिनाको पहिलो सातापछिकै न्यून तहमा पुगेका हुन् ।

विश्लेषकहरूका अनुसार मूल्य घट्नुमा होर्मुज जलडमरू पुनः सहज सञ्चालन हुन सक्ने अपेक्षाले मुख्य भूमिका खेलेको छ ।  

विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने उक्त समुद्री क्षेत्रबाट विश्वको ठूलो हिस्सा कच्चा तेल र एलएनजी आपूर्ति हुँदै आएको छ ।  

त्यसैले त्यहाँको तनाव कम हुने संकेतले ऊर्जा बजारमा तत्काल प्रभाव पार्ने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अमेरिका र इरानबीचको सम्भावित सम्झौतामा धेरै विषयमा सहमति नजिक पुगेको बताएका थिए ।  

उनले शान्ति पहलमा प्रगति भएको संकेत दिएपनि वार्ता प्रक्रिया जटिल भएकाले हतारमा अन्तिम निष्कर्षमा नपुग्न आफ्ना प्रतिनिधिलाई सुझाव दिएको समाचार पनि सार्वजनिक भएको छ ।

ऊर्जा बजारसँग सम्बन्धित विज्ञहरूले अहिलेको अवस्था आशावादी भए पनि अझै सतर्क रहनुपर्ने बताएका छन् ।  

एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकले शान्ति पहलले केही सकारात्मक सम्भावना देखाए पनि होर्मुज मार्ग पूर्ण रूपमा खुल्ने वा दीर्घकालीन स्थायित्व कायम हुने विषयमा अझै प्रश्नहरू बाँकी रहेको टिप्पणी गरेका छन् ।

उनीहरूका अनुसार सम्भावित सम्झौता भएपनि मध्यपूर्वी क्षेत्रबाट ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य हुन तत्काल सम्भव नहुन सक्छ ।  

द्वन्द्वका कारण प्रभावित तेल तथा ग्यास पूर्वाधार पुनः सञ्चालन, मर्मत तथा आपूर्ति सञ्जाल पुनर्स्थापनामा समय लाग्ने भएकाले बजारमा दीर्घकालीन स्थिरता आउन अझै केही महिना कुर्नुपर्ने अनुमान गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.