काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था)का सञ्चालक पशुपति भक्त श्रेष्ठको निधन भएको छ । श्रेष्ठको गत जेठ ६ गते निधन भएकाले सञ्चालक पद रिक्त रहेको संस्थाले जनाएको छ ।
उनी संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

