बिहीबार, भाद्र ४,२०८३ 12:01:56
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 12:01:56
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने
New Office

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।  

सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा पर्यटन, विधि विज्ञान तथा निर्वाचनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल र आवश्यक प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।

Bizshala
CG Motors

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा राख्ने कार्यक्रम रहेको छ ।  

सरकारले पर्यटन क्षेत्रको कानुनी संरचना अद्यावधिक गर्ने उद्देश्यले ल्याएको उक्त विधेयकमाथि प्रारम्भिक बहस हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई विस्तृत अध्ययन तथा दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

संसद् बैठकमा निर्वाचन कानुनसँग सम्बन्धित दुई महत्वपूर्ण संशोधन विधेयकलाई पनि प्राथमिकताका साथ अघि बढाइने भएको छ ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश हुने कार्यसूचीमा समावेश गरिएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा विशेषगरी पर्यटन क्षेत्र सुधार, विधि विज्ञान पूर्वाधार विकास तथा निर्वाचन व्यवस्थासँग सम्बन्धित कानूनी प्रावधानबारे बहस केन्द्रित हुने देखिएको छ ।  

संसद् सचिवालयका अनुसार बैठकका एजेन्डाले आगामी नीतिगत र कानूनी प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.