मंगलवार, जेष्ठ १२,२०८३ 03:01:46
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 03:01:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको दोस्रो पटक पनि इन्कार

Laxmi Sunrise Bank Limited
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको दोस्रो पटक पनि इन्कार
Shivam Cement

काठमाण्डौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध रेड नोटिस जारी गर्न नेपालले गरेको आग्रहलाई इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न आवश्यक कागजात र कानूनी आधार पर्याप्त नभएको भन्दै इन्टरपोलले थप स्पष्ट विवरण मागेको हो । 

Bizshala
New Office
CG Motors

नेपाल प्रहरीले दोस्रो पटक थप कागजातसहित अनुरोध पठाए पनि इन्टरपोलले अझै पर्याप्त आधार नपुगेको जवाफ दिएको स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ चैतमा जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।  

त्यसपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर नेपाल ल्याउने उद्देश्यले नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala

तर, इन्टरपोलले अनुसन्धानमा ‘सम्बद्ध कसुर’ स्पष्ट नभएको, कुन गैरकानूनी स्रोतबाट सम्पत्ति आर्जन भएको हो भन्ने पर्याप्त आधार नदेखिएको भन्दै प्रश्न उठाएको बताइएको छ ।

देउवा दम्पती हाल विदेशमै रहेको बताइएको छ । उनीहरूविरुद्धको अनुसन्धान, कानुनी प्रक्रिया र रेड नोटिस विवाद अहिले राजनीतिक तथा कानूनी बहसको विषय बनेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.