मंगलवार, आश्विन २०,२०८३ 12:53:33
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 12:53:34
Bizshala
Global IME Bank Limited

नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब नाघ्यो, बागमतीको योगदान सबैभन्दा बढी

Bizshala
नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब नाघ्यो, बागमतीको योगदान सबैभन्दा बढी
New Office

काठमाण्डौ। नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०८२÷८३ मा ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उल्लेख्य रूपमा विस्तार हुँदै गएको देखिएको हो।

सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रदेशगत योगदानमा बागमती प्रदेश अग्रस्थानमा रहेको जानकारी दिए। बागमती प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत योगदान पुर्याएको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेश को ४.२ प्रतिशत रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्र अझै पनि उपभोगमुखी रहेको देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा उपभोगको हिस्सा ९०।३ प्रतिशत रहने अनुमान गरिएको छ, जसले उत्पादनभन्दा खर्च र आयातमा अर्थतन्त्र बढी निर्भर रहेको संकेत गर्दछ।

त्यसैगरी, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ डलर तथा प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.