सोमबार, श्रावण १८,२०८३ 08:27:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:27:19
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, सभा आधा घण्टा स्थगित

कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, सभा आधा घण्टा स्थगित
New Office

काठमाडौं । कोशी प्रदेशसभा बुधबार सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक भिडन्तको मैदान बनेको छ ।  

सदनको वातावरण नियन्त्रणबाहिर जान थालेपछि सभामुख विष्टले बैठक सञ्चालन गर्न कठिन भएको जनाउँदै प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच तीव्र विवाद चर्किएपछि बैठक तनावग्रस्त बनेको हो ।

प्रदेश सभा बैठकको कार्यसूचीअनुसार विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।  

तर, सभामुख अम्बरबहादुर विष्टले संशोधन प्रस्तावमाथि छलफलका लागि पर्याप्त समय नदिई नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए ।

विपक्षी दलहरूले आफूहरूको संसदीय अधिकार खोसिएको आरोप लगाउँदै सदनमै चर्को नाराबाजी गरेका थिए ।  

उनीहरूले संसदीय प्रक्रिया मिचेर सरकारले बलजफ्ती रूपमा नीति तथा कार्यक्रम पारित गराएको दाबी गरेका छन् ।

स्थिति थप तनावपूर्ण बनेपछि पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई रोस्टमतर्फ अघि बढेका थिए ।  

उनले रोस्टम कब्जा गर्न खोजेपछि सत्ता र प्रतिपक्षी सांसदबीच धकेलाधकेल र होहल्लाको अवस्था सिर्जना भएको थियो ।  

केहीबेर सदन पूर्ण रूपमा अस्तव्यस्त बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विपक्षी सांसदहरूले संशोधन प्रस्ताव पेश गर्न पाउनु संसदीय अभ्यासको आधारभूत अधिकार भएको दाबी गरेका छन् ।  

उनीहरूले नीति तथा कार्यक्रममाथि असहमति राख्ने अवसर नदिइनु लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।

सत्ता पक्षीय सांसदहरूले भने कार्य व्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार नै प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।  

उनीहरूको भनाइमा विपक्षी दलले सहमतिबाट पछि हटेर अनावश्यक अवरोध सिर्जना गरेको हो ।

प्रदेशसभा सञ्चालन नियमावलीको व्याख्यालाई लिएर पनि सत्ता र प्रतिपक्षबीच मतभेद देखिएको छ ।  

विपक्षीले संशोधन प्रस्ताव दर्ता गर्न पाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरेका छन् भने सभामुख पक्षले “सभामुखले उपयुक्त ठानेमा मात्रै संशोधन प्रक्रिया अघि बढ्न सक्ने” तर्क प्रस्तुत गरेको छ ।

कोशी प्रदेश सभामा पछिल्ला दिनमा नीति तथा कार्यक्रम, बजेट तयारी र संसदीय प्रक्रियालाई लिएर सत्ता–प्रतिपक्षबीचको अविश्वास बढ्दै गएको देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.