काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह को विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा लगातार दोस्रो दिन पनि अवरोध भएको छ।
प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने आशयको भनाइ फिर्ता लिन र माफी माग्न विपक्षी दलहरूले माग गरेपछि मंगलबारको बैठक पनि प्रभावित बनेको हो।
बैठक शुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभाको नियमित कार्यसूची अघि बढ्न सकेन।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेपनि विपक्षी सांसदहरू आफ्नो अडानबाट पछि हटेनन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र औपचारिक रूपमा माफी माग्नुपर्ने माग राख्दै आएका छन्।
उनीहरूको विरोध जारी रहेपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका छन्।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिबाटशुरु भएको विवादका कारण सोमबार र मंगलबार दुवै दिन राष्ट्रियसभाको बैठक प्रभावित भएको हो।
अब राष्ट्रियसभाको अर्को बैठक बुधबार दिउँसो १२्:१५ बजे बस्ने तय भएको छ।
यसबीच, सरकारबाट प्रधानमन्त्रीको अभिव्यक्तिबारे कुनै औपचारिक स्पष्टीकरण नआएकाले संसद्मा देखिएको गतिरोध अझै लम्बिन सक्ने संकेत देखिएको छ।

