Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 02:14:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ममता बनर्जीको बयानपछि बंगलादेशको राजनीति तरंगित, भारत–बंगलादेश सम्बन्धमा नयाँ तनाव संकेत

Laxmi Sunrise Bank Limited
ममता बनर्जीको बयानपछि बंगलादेशको राजनीति तरंगित, भारत–बंगलादेश सम्बन्धमा नयाँ तनाव संकेत
Shivam Cement

काठमाण्डौं । पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीले बंगलादेशमा भएको एक हत्या प्रकरणबारे दिएको अभिव्यक्तिले बंगलादेशको राजनीतिक वातावरणमा नयाँ बहस र तनाव सिर्जना गरेको छ।

उनको वक्तव्य सार्वजनिक भएपछि बंगलादेशका प्रमुख राजनीतिक दलहरूबीच फरक–फरक प्रतिक्रिया देखिएको छ।  

 

Bizshala
New Office
CG Motors

सत्तारूढ बीएनपीले विषयलाई संयमित रूपमा लिएको छ भने जमात–ए–इस्लामी र नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ममताको अभिव्यक्ति बंगलादेशका चर्चित राजनीतिक कार्यकर्ता उस्मान हादीको हत्या घटनासँग जोडिएको संकेत हुन सक्ने दाबी गरेका छन्।

एनसीपीले ममताको टिप्पणीमा भारतका गृहमन्त्रीको नाम समेत उल्लेख भएको भन्दै बंगलादेश सरकारले भारत सरकारसँग औपचारिक स्पष्टीकरण माग्नुपर्ने आवश्यकता औंल्याएको छ।

त्यसैगरी जमात–ए–इस्लामीले उक्त अभिव्यक्तिलाई बंगलादेशको आन्तरिक राजनीतिमा बाह्य प्रभाव र सम्भावित हस्तक्षेपको संकेतका रूपमा व्याख्या गरेको छ।

राजनीतिक विश्लेषक मोहिउद्दीन अहमदका अनुसार ममताको बयानमा भारतका गृहमन्त्री अमित शाहको नाम पनि जोडिएकाले बंगलादेश सरकार यस विषयमा औपचारिक स्पष्टिकरण लिन बाध्य हुन सक्ने अवस्था देखिन्छ।

तर, बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्य मन्त्री शमा ओबैदले भने ममता बनर्जीले आफ्नो देशको आन्तरिक राजनीतिक सन्दर्भमा टिप्पणी गरेको बताउँदै यसलाई बंगलादेशले औपचारिक रूपमा गम्भीरतापूर्वक लिन आवश्यक नरहेको धारणा व्यक्त गरेकी छन्।

यसैबीच, ढाकामा भएको उस्मान हादी हत्या प्रकरण पुनः चर्चामा आएको छ।  

Garima Development Bank
Shivam Cement
Bizshala

२०२५ डिसेम्बर १२ मा ढाकामा गोली प्रहार गरी उनको हत्या गरिएको थियो।  

सो घटनामा सीमा पार आवागमन र आपराधिक सञ्जाल जोडिएको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ।

पश्चिम बंगाल प्रहरीले यस प्रकरणसँग सम्बन्धित केही संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको दाबी गरेको छ भने केही अभियुक्तहरू भारत प्रवेश गरेको आरोप पनि उठाइएको छ।

तर ममता बनर्जीले आफ्नो वक्तव्यमा सोही घटनालाई नै संकेत गरेकी हुन् वा होइनन् भन्ने विषय भने अझै स्पष्ट भएको छैन।

घटनापछि बंगलादेशको राजनीतिक वृत्तमा प्रतिक्रिया तीव्र बनेको छ।  

बीएनपीले औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ भने जमात र एनसीपीका केही नेताहरूले यसलाई गम्भीर कूटनीतिक विषयका रूपमा उठाएका छन्।

एनसीपीका नेता अख्तर हुसैनले बंगलादेश सरकारले भारतसँग स्पष्ट जवाफ माग्नुपर्ने भन्दै सीमा सुरक्षा र हत्यारा समूहको आवागमनबारे प्रश्न उठाएका छन्।

विश्लेषकहरूका अनुसार चुनावपछि भारत–बंगलादेश सम्बन्धमा राजनीतिक आरोप–प्रत्यारोप बढ्ने प्रवृत्ति देखिँदै आएको छ, र ममताको पछिल्लो अभिव्यक्ति पनि त्यसै राजनीतिक पृष्ठभूमिको परिणाम हुन सक्ने अनुमान गरिएको छ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.