बिहीबार, भाद्र ४,२०८३ 10:49:10
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 10:49:10
Bizshala
Global IME Bank Limited

तेस्रो पक्षको मध्यस्थता होइन, ऐतिहासिक अध्ययन मात्र : परराष्ट्रमन्त्री खनाल

तेस्रो पक्षको मध्यस्थता होइन, ऐतिहासिक अध्ययन मात्र : परराष्ट्रमन्त्री खनाल
New Office

काठमाण्डौं  । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको भनाइबारे कूटनीतिक शैलीमा स्पष्टिकरण दिएका छन् ।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको द्विपक्षीय वार्ता सकिएपछि दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हन् । 

Bizshala
CG Motors

उनले सीमा विवादलाई ऐतिहासिक तथा संवेदनशील विषय भन्दै यसको समाधान संवाद र कूटनीतिक प्रक्रियाबाट मात्र सम्भव हुने धारणा राखे ।

मन्त्री खनालका अनुसार नेपालले लिपुलेक–लिम्पियाधुरा लगायतका क्षेत्रलाई ऐतिहासिक प्रमाणका आधारमा आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको छ र सो विषयमा भारत तथा चीन दुवै पक्षलाई औपचारिक कूटनीतिक माध्यमबाट स्पष्ट जानकारी गराइसकिएको छ ।

“नेपालले आफ्नो दृष्टिकोण सम्बन्धित सबै पक्षसमक्ष कूटनीतिक माध्यमबाट स्पष्ट रूपमा राखिसकेको छ,” उनले भने, “हाम्रो प्राथमिकता समस्या समाधान हो, जुन वार्ता र संवादबाट मात्र सम्भव छ।”

प्रधानमन्त्री शाहको संसद् अभिव्यक्तिबारे उठेका प्रश्नहरूमा प्रतिक्रिया दिँदै उनले नेपाल कुनै पनि विषयलाई तनाव सिर्जना गर्ने नभई समाधानमुखी दृष्टिकोणबाट अघि बढिरहेको स्पष्ट पारे ।

उनले सुगौली सन्धि (१८१६)  लगायतका ऐतिहासिक दस्तावेजहरू सीमा विवाद समाधानका महत्वपूर्ण आधार हुने उल्लेख गर्दै यस्ता विषयहरूलाई प्राविधिक र कूटनीतिक तहमा छलफल गर्नुपर्ने बताए ।

 

बेलायतसँग सम्बन्धित ऐतिहासिक कागजात अध्ययन गर्ने विषयलाई लिएर आएका टिप्पणीबारे उनले त्यसलाई तेस्रो पक्षको मध्यस्थता मागिएको अर्थमा बुझ्नु गलत हुने बताए ।  

उनका अनुसार यो केवल ऐतिहासिक अभिलेखको अध्ययन र अनुसन्धानसँग सम्बन्धित विषय हो ।

पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई घनिष्ठ, ऐतिहासिक र बहुआयामिक भन्दै बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई आपसी विश्वास, समझदारी र संवादमार्फत समाधान गर्न भारत सरकारलाई पुनः आग्रह गरे ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा र ऐतिहासिक दस्तावेजबारे टिप्पणी गरेपछि त्यसले दुवै देशमा कूटनीतिक तथा राजनीतिक बहस सिर्जना गरेको थियो ।  

भारतले भने यसअघि नै द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने अडान स्पष्ट गरिसकेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.