बुधबार, असार २४,२०८३ 07:39:20
Bizshala
  • बुधबार, असार २४,२०८३ 07:39:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे नेपालमा छलफल

Laxmi Sunrise Bank Limited
सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे नेपालमा छलफल

काठमाण्डौ । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस)ले ललितपुरको हात्तीवनस्थित सेमिनार हलमा ‘सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुनाः के नेपालमा लागू गर्न सकिन्छ ?’ विषयमा एक उच्चस्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण गर्न अपनाएका सुशासन, संस्थागत सुधार, भ्रष्टाचार नियन्त्रण र नवप्रवर्तन–आधारित विकास रणनीतिबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमका प्रमुख वक्ता सिंगापुरको Society of Financial Services Professionals का पूर्व अध्यक्ष लियोङ से हायनले सिंगापुरको आर्थिक सफलताको आधार प्रभावकारी संस्थागत संरचना, दीर्घकालीन नीति योजना र निरन्तर सुधार प्रक्रिया भएको बताए। उनले सुशासन, व्यवसाय सञ्चालनको सहजता र प्रतिस्पर्धात्मकताले देशको विकास यात्रामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उनका अनुसार सिंगापुरको भ्रष्टाचार नियन्त्रण प्रणाली कडा कानुनी कार्यान्वयन, स्वतन्त्र संस्थाहरू र उच्च दण्ड प्रणालीमा आधारित छ। उनले भ्रष्टाचारमा संलग्न जो–कोहीमाथि समान रूपमा कानुनी कारबाही हुने व्यवस्थाले जनविश्वास बढाउन मद्दत गरेको बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लियोङले सिंगापुरको आर्थिक मोडेलमा वित्तीय अनुशासन, सन्तुलित बजेट र दीर्घकालीन दिगोपनलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरे। उनले आवास, स्वास्थ्य र निवृत्तिभरणजस्ता सामाजिक सेवामा व्यवस्थित र लक्षित प्रणालीमार्फत प्रभावकारिता र समावेशीता दुवै सुनिश्चित गरिएको बताए।

उनले नवप्रवर्तनलाई केवल प्रविधिमा सीमित नगरी समस्या समाधान, सेवा सुधार र कार्यदक्षता वृद्धिको व्यावहारिक अभ्यासका रूपमा लिनुपर्ने धारणा राखे। साथै, बदलिँदो परिस्थितिअनुसार नीति परिमार्जन गर्ने सिंगापुरको क्षमता यसको प्रमुख सफलतामध्ये एक भएको उनको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा, नेपालको आफ्नै सामाजिक, आर्थिक र राजनीतिक यथार्थलाई ध्यानमा राख्दै सिंगापुरको सफलताका उपयुक्त अभ्यासहरू कसरी आत्मसात गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिएको आयोजकले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X