बुधबार, असार २४,२०८३ 07:39:08
Bizshala
  • बुधबार, असार २४,२०८३ 07:39:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित

Laxmi Sunrise Bank Limited
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित

काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा डिकबहादुर खत्री (कुमार) चयन भएका छन् ।  

हालै सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

विभिन्न राजनीतिक धारसँग निकट रहेका व्यवसायी समूहहरूको गठबन्धनबाट उम्मेदवारी दिएका खत्रीले ३४७ मत प्राप्त गर्दै नेतृत्व आफ्नो पक्षमा सुरक्षित गरे ।  

उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत तथा हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन् ।

निर्वाचनको नतिजाले खत्री नेतृत्वको समूहको संघभित्र बलियो प्रभाव देखाएको छ ।  

पदाधिकारीतर्फ प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, महासचिवमा हरि डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिन्जाली निर्वाचित भएका छन् ।  

तृतीय उपाध्यक्ष पदमा भने लक्ष्मण पौडेल विजयी बनेका छन् ।

१७ सदस्यीय कार्यसमितिमा पनि खत्री पक्षको स्पष्ट वर्चस्व देखिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त समूहले अधिकांश पदाधिकारी र सदस्य पदमा जित निकाल्दै संघको आगामी कार्यदिशा निर्धारण गर्ने अवस्थामा पुगेको छ ।

लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको समूहले तृतीय उपाध्यक्षसहित केही सदस्य पदमा सफलता प्राप्त गरेको छ ।

लक्ष्मण पौडेल, गीता राउत र दीक्षा दाहाल सो समूहबाट निर्वाचित भएका प्रमुख प्रतिनिधि हुन् ।

निर्वाचन परिणामलाई वैदेशिक रोजगार व्यवसायी क्षेत्रभित्र नयाँ शक्ति सन्तुलनको संकेतका रूपमा पनि हेरिएको छ ।  

व्यवसायीहरूको ठूलो समर्थन प्राप्त गरेका खत्री नेतृत्वले अब वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधान, व्यवसायी हकहित संरक्षण र नीतिगत सुधारमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा चासो बढेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X