शुक्रबार, कार्तिक २७,२०८३ 11:17:57
  • शुक्रबार, कार्तिक २७,२०८३ 11:17:57
Global IME Bank Limited

रास्वपाको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक जारी, राजनीतिक सहमतिको खोजी

Bizshala
रास्वपाको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक जारी, राजनीतिक सहमतिको खोजी
New Office

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमामा सर्वदलीय बैठक जारी रहेको छ ।

छलफलमा देशका प्रमुख राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूको सहभागिता रहेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन, नेकपा (एमाले) का नेता ऐन महर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू बैठकमा सहभागी छन् ।

राजनीतिक विश्लेषकहरूले यस प्रकारको सर्वदलीय छलफललाई तात्कालीन राजनीतिक तनाव व्यवस्थापन र दलहरूबीच संवादको वातावरण निर्माण गर्ने प्रयासका रूपमा लिएका छन् ।  

बैठकलाई केवल औपचारिक छलफल नभई संसद्को प्रभावकारिता र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने राजनीतिक अभ्यासका रूपमा पनि हेरिएको छ ।

Garima Development Bank
Bizshala
IME remit

बैठकमा विशेषगरी संसद् सञ्चालनमा देखिएका अवरोध, दलहरूबीच बढ्दो अविश्वास, तथा नीतिगत निर्णय प्रक्रियामा देखिएको जटिलताबारे गम्भीर छलफल भइरहेको बताइएको छ ।

यस प्रकारका संवादलाई राजनीतिक स्थायित्व, सहकार्य र न्यूनतम साझा सहमति निर्माणतर्फको सम्भावित मोडका रूपमा विश्लेषण गरिएको छ, यद्यपि ठोस निष्कर्ष भने तत्काल आउने अपेक्षा गरिएको छैन ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.