बुधबार, असार २४,२०८३ 07:39:07
Bizshala
  • बुधबार, असार २४,२०८३ 07:39:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिरहामा मोबाइल नष्ट प्रकरणविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, क्षतिपूर्तिको माग

Laxmi Sunrise Bank Limited
सिरहामा मोबाइल नष्ट प्रकरणविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, क्षतिपूर्तिको माग

काठमाण्डौ । सिरहामा एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडीहरू पानीमा डुबाएर नष्ट गरिएको घटनाले विवाद चुलिएको छ।  

जिल्ला प्रशासन कार्यालयले गरेको उक्त निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले सडकमा उत्रिएर विरोध जनाएका छन्।

New Office
CG Motors
Garima Development Bank

विद्यार्थीहरूले सिरहा क्याम्पसबाट जिल्ला प्रशासन कार्यालयसम्म र्‍याली निकाल्दै नष्ट गरिएका उपकरणको क्षतिपूर्ति, पीडित विद्यार्थीलाई न्याय र सम्पत्तिमाथिको अधिकारको सम्मान गर्न माग गरेका छन्।  

उनीहरूले घटनालाई कानूनी प्रक्रिया र संवैधानिक हक विपरीतको कदमको रूपमा व्याख्या गरेका छन्।

प्रदर्शनकारी संगठनहरूले प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, जिम्मेवार पक्षमाथि कारबाही गर्नुपर्ने तथा विद्यार्थीको निजी सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग राखिएको छ।

विद्यार्थी नेताहरूका अनुसार परीक्षा मर्यादा कायम राख्ने नाममा निजी सम्पत्ति नष्ट गर्नु राज्यको अधिकार क्षेत्रभन्दा बाहिरको कार्य हो।  

उनीहरूले अनियमितता नियन्त्रण गर्न कानूनी प्रक्रिया अपनाउन सकिने भएपनि जफत गरिएको सामग्री नष्ट गर्नु अनुचित भएको तर्क गरेका छन्।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाले भने गतचैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडीहरू नष्ट गरिएको जनाएको छ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बरामद सामग्रीमा सात वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट वाच रहेका थिए, जसको बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान छ।

प्रशासनका अनुसार शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित समितिको निर्णयअनुसार ती उपकरणहरू २४ घण्टा पानीमा डुबाएर पुनः प्रयोग नहुने गरी नष्ट गरिएको हो।

प्रशासनले परीक्षा मर्यादा कायम राख्न र भविष्यमा परीक्षामा प्रविधिको दुरुपयोग रोक्न यस्तो कदम आवश्यक भएको दाबी गरेको छ।

तर अभिभावक, कानून व्यवसायी तथा विद्यार्थी संगठनहरूले भने यसलाई अत्यधिक र विवादास्पद निर्णय भन्दै कडा आपत्ति जनाएका छन्।  

उनीहरूले पारदर्शी छानबिन, क्षतिपूर्ति र जिम्मेवार पक्षमाथि कानूनी जवाफदेहिताको माग गर्दै आन्दोलन जारी राखेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X