बुधबार, असार २४,२०८३ 06:06:22
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:06:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रुस–पाकिस्तानबीच आप्रवासन र लागुऔषध नियन्त्रणमा सहकार्य गर्ने सहमति

Laxmi Sunrise Bank Limited
रुस–पाकिस्तानबीच आप्रवासन र लागुऔषध नियन्त्रणमा सहकार्य गर्ने सहमति

काठमाण्डौं । पाकिस्तान र रुसबीच अवैध आप्रवासन तथा लागुऔषध तस्करी नियन्त्रणका क्षेत्रमा सहकार्य गर्ने महत्वपूर्ण सम्झौता भएको छ।  

किर्गिस्तानको राजधानी बिश्केकमा सम्पन्न शंघाई सहयोग संगठन (एससीओ) का गृहमन्त्रीहरूको बैठकका क्रममा दुवै देशले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

New Office
CG Motors
Garima Development Bank

बैठकमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी र रुसका आन्तरिक मामिलामन्त्री भ्लादिमिर कोलोकोल्त्सेभ सहभागी थिए।  

सम्झौताअनुसार दुवै देशले अवैध रूपमा बसोबास गरिरहेका नागरिकहरूको पहिचान, फिर्ता पठाउने प्रक्रिया, सीमा अतिक्रमण नियन्त्रण तथा लागुऔषध ओसारपसारविरुद्ध संयुक्त रूपमा काम गर्नेछन्।

यस सहकार्यपछि दुवै मुलुकले एकअर्काको भूमिमा गैरकानुनी रूपमा रहेका नागरिकहरूको विवरण आदानप्रदान गर्दै उनीहरूलाई स्वदेश फर्काउन सहयोग गर्ने अपेक्षा गरिएको छ।  

साथै, अवैध आप्रवासन रोक्न सुरक्षा निकायबीच समन्वय बढाइने र लागुऔषध तस्करी नियन्त्रणका लागि संयुक्त अभियान सञ्चालन गरिनेछ।

यसअघि पनि पाकिस्तान र रुसबीच आर्थिक तथा औद्योगिक क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयास भएका थिए।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत वर्ष जुलाईमा दुवै देशले कराँचीस्थित पाकिस्तान स्टिल मिल पुनः सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। 

सोभियत संघको सहयोगमा सन् १९७३ मा स्थापना भएको उक्त उद्योगलाई सन् २०२७ सम्म पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

विश्लेषकहरूका अनुसार रुसले पाकिस्तानसँग सम्बन्ध विस्तार गर्नुको उद्देश्य दक्षिण एसियामा आफ्नो प्रभाव बढाउनु, नयाँ आर्थिक अवसर खोज्नु तथा क्षेत्रीय शक्ति सन्तुलनमा आफ्नो उपस्थिति बलियो बनाउनु रहेको छ।  

पश्चिमी प्रतिबन्धका कारण दबाबमा रहेको रुसले वैकल्पिक साझेदारहरू खोज्ने रणनीतिअन्तर्गत पाकिस्तानसँगको सहकार्यलाई प्राथमिकता दिएको बताइन्छ।

एजेन्सी

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X