बुधबार, असार २४,२०८३ 06:04:37
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:04:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दश महिनामा सरकारले गर्यो ११.७३ खर्ब खर्च, नगद मौज्दात कति ?

Laxmi Sunrise Bank Limited
दश महिनामा सरकारले गर्यो ११.७३ खर्ब खर्च, नगद मौज्दात कति ?

काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ । समीक्षा

अवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पँुजीगत खर्च १ खर्ब १३ अर्ब ८५ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ४५ अर्ब २ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व ८ खर्ब ९३ अर्ब ५६ करोड र गैरकर राजस्व ९४ अर्ब ९९ करोड परिचालन भएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सरकारको नगद मौज्दात

२०८३ वैशाख मसान्तमा यस बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा ४ खर्ब १६ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३७ अर्ब ७८ करोड रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रदेश सरकार

खर्च तथा राजस्व

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.८८ अर्ब ५३ करोड र स्रोत परिचालन १ खर्ब ६३ अर्ब ७४ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब २२ अर्ब २५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ४१ अर्ब ४२ करोड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X