बुधबार, असार २४,२०८३ 04:37:09
Bizshala
  • बुधबार, असार २४,२०८३ 04:37:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा बागमती अधिवेशनमा विवाद, निर्वाचन प्रक्रिया रोकियो

Laxmi Sunrise Bank Limited
रास्वपा बागमती अधिवेशनमा विवाद, निर्वाचन प्रक्रिया रोकियो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशको पहिलो अधिवेशनमा देखिएको विवादका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको छ।  

 

प्रतिनिधि संख्यालाई लिएर उत्पन्न मतभेदले चुनावी कार्यक्रम अन्योलमा परेको हो।

New Office
CG Motors
Garima Development Bank

मंगलबारदेखि शुरु भएको अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया हिजो दिउँसोबाट अघि बढाइएको थियो।  

तर, प्रतिनिधिको संख्या सम्बन्धी विवादले उम्मेदवारी दर्ताको चरणमै कठिनाइ उत्पन्न गर्यो।

प्रदेश सभापति पदका लागि शुरुमा पाँच जनाले उम्मेदवारी दिएका थिए भने प्रदेश सदस्यका लागि ८८ जनाको नाम दर्ता भएको थियो।  

पछि सभापति पदका उम्मेदवार बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धामा चार जना मात्र कायम भए।

निर्वाचन समितिले राति १ः३० बजेदेखि मतदान सुरु गराए पनि केही प्रतिनिधिले मतदान गरिसकेपछि विवाद चर्किएको जनाएको छ।  

त्यसपछि मतदान प्रक्रिया रोक्दै समितिले बुधबार बिहान ८ बजेसम्मका लागि निर्वाचन स्थगित गरेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि बिहानसम्मका लागि तय गरिएको स्थगनपछि पनि निर्वाचन प्रक्रिया पुनः सञ्चालन हुन सकेको छैन।

बागमती प्रदेश सभापति पदका लागि नुवाकोट–२ बाट निर्वाचित सांसद अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्।

लामिछाने बागमती प्रदेशका निवर्तमान सभापति हुन् भने अर्याल प्रदेश समितिका प्रवक्ता हुन्।  

शाक्य पार्टीको केन्द्रीय प्रशिक्षण विभागका सदस्यका रूपमा सक्रिय छन्।  

खत्रीले भने आफू यसअघि पार्टीको कुनै औपचारिक जिम्मेवारीमा नरहेको बताएका छन्।

पार्टीको विधानअनुसार प्रदेश अधिवेशनको निर्वाचन दुई चरणमा सम्पन्न हुने व्यवस्था छ।  

पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको चयन गरिनेछ भने निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन हुनेछ।  

बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन गरिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X