बुधबार, असार २४,२०८३ 04:37:39
Bizshala
  • बुधबार, असार २४,२०८३ 04:37:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने गृहमन्त्रीको निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत

Laxmi Sunrise Bank Limited
दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने गृहमन्त्रीको निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत

काठमाण्डौ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको पुनःछानबिन गर्ने सरकारको निर्णयप्रति स्वागत जनाएको छ। प्रतिष्ठानले बुधबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हाल्ने क्रममा दरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने घोषणा गरेकोप्रति आभार व्यक्त गरेको हो।

प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष छानबिनको माग गर्दै आएको उल्लेख गरेको छ। गृहमन्त्रीबाट पुनः अनुसन्धानको पहल हुनु संस्थाका लागि गौरवको विषय भएको विज्ञप्तिमा जनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

विज्ञप्तिमा लामो समयदेखि नेपाली समाजमा चासो र बहसको विषय बनेको उक्त घटनाको निष्पक्ष तथा वैज्ञानिक ढङ्गले पुनरावलोकन गरी वास्तविक तथ्य बाहिर ल्याउने उद्देश्यले सरकारद्वारा चालिएको कदम साहसिक, सराहनीय र स्वागतयोग्य रहेको उल्लेख गरिएको छ। यसले विधिको शासन, न्याय तथा इतिहासप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।

प्रतिष्ठानले दरबार हत्याकाण्डसम्बन्धी नयाँ छानबिन आयोग गठन गरी अनुसन्धानलाई प्रभावकारी ढंगले अघि बढाउन तथा प्राप्त निष्कर्ष सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ। राजनीतिक पूर्वाग्रह, बाह्य वा आन्तरिक प्रभावबाट मुक्त भई अनुसन्धान सम्पन्न हुनुपर्नेमा पनि संस्थाले जोड दिएको छ।

विज्ञप्तिमा इतिहासको सत्यलाई लामो समयसम्म लुकाउन नसकिने उल्लेख गर्दै पुनःछानबिनले घटनासम्बन्धी तथ्यहरू नागरिकसामु ल्याउने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रतिष्ठानले स्वर्गीय राजा वीरेन्द्रले विश्व शान्ति तथा राष्ट्रिय हितका लागि पुर्‍याएको योगदानको संरक्षण र प्रवर्द्धनका लागि आफूहरू निरन्तर सक्रिय रहेको जनाएको छ। साथै, अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग र ऐक्यबद्धता उपलब्ध गराउन सधैँ तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नारायणहिटी दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका सदस्यहरूको निधन भएको थियो। उक्त घटनाको सम्बन्धमा विभिन्न समयमा उठ्दै आएका प्रश्न र जिज्ञासालाई सम्बोधन गर्न निष्पक्ष तथा विश्वसनीय अनुसन्धान आवश्यक रहेको धारणा समय–समयमा सार्वजनिक हुँदै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X