काठमाण्डौ । इन्द्रेणी सहकारीका अध्यक्ष जितेन्द्र थापा पक्राउ परेका छन् । बाँकेको नेपालगन्जस्थित उक्त सहकारीका अध्यक्षलाई प्रहरीले ठगी आरोपमा पोखराबाट पक्राउ गरेको हो।
बाँके जिल्ला अदालतबाट ठगी कसुरमा पक्राउ पुर्जी जारी भएका थापालाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

