बुधबार, असार २४,२०८३ 04:36:58
Bizshala
  • बुधबार, असार २४,२०८३ 04:36:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संसदको गतिरोध अन्त्य गर्न रास्वपाका सभापति लामिछाने र विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूबीच छलफल जारी

Laxmi Sunrise Bank Limited
संसदको गतिरोध अन्त्य गर्न रास्वपाका सभापति लामिछाने र विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूबीच छलफल जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूसँग निरन्तर छलफल अघि बढाएका छन् ।  

छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनलगायत सहभागी रहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

विपक्षी दलहरूले प्रधानमन्त्रीको लिखित वक्तव्य आए जुनसुकै मन्त्रीले संसद्मा पढ्न सकिने विकल्प अघि सारेका छन् । 

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भने परराष्ट्रमन्त्रीमार्फत सरकारको धारणा प्रस्तुत हुने र प्रधानमन्त्रीको तर्फबाट लिखित वक्तव्य अनिवार्य नहुने धारणा राखेका छन् ।

बैठकमा लामिछानेले प्रधानमन्त्रीलाई नै लिखित रूपमा मात्र वक्तव्य दिनुपर्ने अडान नराख्न विपक्षी दलहरूलाई आग्रह गर्दै सहमतिको वातावरण बनाउन सुझाव दिएका थिए । 

उनले अहिलेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीले नै धारणा राख्न सक्ने भन्दै विवादलाई लचिलो रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 विपक्षी दलहरूले पुरानै माग दोहोर्‍याउँदै अडान कायम राखेपछि कार्यसूची अघि बढ्न नसकेको संसद् स्रोतले जनाएका छन् ।

उनीहरूले विवादित भनिएको अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने मागमा पुनः जोड दिएका छन् ।

सहमति नजुटेसम्म संसद् सञ्चालन अघि नबढ्ने संकेत विपक्षी दलहरूले दिएका छन्, जसले गर्दा बैठक तोकिएको समयमा बस्न सकेको छैन ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आज पनि निर्धारित समयमा सञ्चालन हुन नसकी दिउँसो २ बजेसम्मका लागि सारिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X