बुधबार, असार २४,२०८३ 02:55:31
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:55:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानी बोर्ड नेतृत्वका लागि नयाँ दरखास्त खुला, १५ दिनको समयसीमा

Laxmi Sunrise Bank Limited
लगानी बोर्ड नेतृत्वका लागि नयाँ दरखास्त खुला, १५ दिनको समयसीमा

काठमाण्डौ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि नयाँ आवेदन आह्वान गरेको छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सीईओ सिफारिस समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

New Office
CG Motors
Garima Development Bank

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम सीईओ नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ।

बोर्डको नेतृत्वका लागि अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यसैगरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय सेवा वा औद्योगिक व्यवस्थापन जस्ता क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। 

वैदेशिक स्थायी आवासीय अनुमति (पीआर) लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिना अघि त्यस्तो अनुमति त्याग गरेको प्रमाण पेस गर्नुपर्ने प्रावधान पनि राखिएको छ।

इच्छुक उम्मेदवारले नागरिकता, शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र, व्यक्तिगत विवरणसहित नेपालमा लगानीको अवस्था, सम्भावना र प्रवर्द्धन रणनीति समेटिएको कार्ययोजना पनि पेश गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन बुझाउन सकिने समितिले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X