बुधबार, असार २४,२०८३ 02:53:05
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:53:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार वर्षाले देशभरका राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रुपमा बन्द

Laxmi Sunrise Bank Limited
लगातार वर्षाले देशभरका राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रुपमा बन्द

काठमाण्डौ । लगातारको वर्षा, बाढी, पहिरो तथा विभिन्न सडक खण्डमा भइरहेको मर्मत तथा स्तरोन्नति कार्यका कारण देशका प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित बनेको छ।  

केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

New Office
CG Motors
Garima Development Bank

राजधानी जोड्ने वैकल्पिक मार्गहरू समेत अवरुद्ध

सतुङ्गल–चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि नै बन्द अवस्थामा रहेको छ।  

चन्द्रागिरी नगरपालिका–९ स्थित देउराली देवीस्थान क्षेत्रमा पहिरो खसेपछि मर्मत कार्य जारी रहेकाले उक्त सडक अझै करिब एक महिनासम्म सञ्चालनमा नआउने जनाइएको छ।

त्यस्तै, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड पनि पूर्ण रूपमा बन्द गरिएको छ।  

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेकाले जेठ १५ गतेदेखि उक्त मार्गमा यातायात सेवा रोकिएको हो।

पूर्वी नेपालका सडकमा बाढी र पहिरोको असर

इलामको पुवाखोलामा आएको लेदोयुक्त बाढीले मेची करिडोर अवरुद्ध बनेको छ।  

सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई वैकल्पिक रूपमा मेची राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता, खोटाङको पङ्खु खोलामा जेठ २ गते गएको पहिरो अझै पूर्ण रूपमा नहटाइएकाले त्यहाँको सडक सम्पर्क अवरुद्ध नै छ।  

भोजपुरको बोखिम र पाँचथरको दोभान क्षेत्रमा बाढीले सडक क्षति पुर्‍याएपछि ती स्थानमा सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

बीपी राजमार्गमा आवागमन रोक

वर्षासँगै बढ्दो जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ।  

सम्भावित बाढी र पहिरोको जोखिमका कारण जेठ २२ गतेदेखि उक्त खण्डमा सवारी आवागमन बन्द गरिएको हो।

ट्राफिक प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्गको जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X