बुधबार, असार २४,२०८३ 02:52:51
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:52:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त

Laxmi Sunrise Bank Limited
नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त

काठमाण्डौ । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्डको (Accounting Standard Board-ASB) को अध्यक्ष पदमा सिन्धुपाल्चोक जिल्ला, चौतरा नगरपालिकाका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ । लेखा व्यवसायर वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमनगर्नका लागि सरकारले धिताललाई सो जिम्मेवारी सुम्पेको हो ।

अर्थ मन्त्रालयस्रोतका अनुसार नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन रराष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वित्तीय प्रतिवेदनमान -NFRS/IFRS_ कार्यान्वयनको क्षेत्रमा २०वर्षभन्दा बढीको गहन अनुभव रहेको छ । नेपालमा लेखामानको कार्यान्वयन, बैंक वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेली सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवंविशिष्टीकृत बनाउन उनले उल्लेखिय भुमिका खेलेका छन् । 

New Office
CG Motors
Garima Development Bank

धितालले आफ्नो व्यावसायिकयात्रा विश्वको प्रतिष्ठित ’बिग ४’ मध्येकोएक वित्तीय परामर्शदाताकम्पनी अन्स्र्ट एण्डयंग -Ernst & Young_, मुम्बईबाट सुरु  । 

उनले नेपालका प्रतिष्ठित संस्थाहरूजस्तैः नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवा नेतृत्व गरेका छन् । एसियाली विकास बैंकका विभिन्न परियोजनाहरुमा उनले विभिन्न भुमिका एवं जिम्मेवारीमा समेत कार्य गरिसकेका छन् । 

उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको रुपमा रही आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समितिलगायत विभिन्न समितिमा रहेर कार्य गरिसकेका धिताल हाल परीक्षा समिति सदस्य हुन् । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा विभिन्न तहका अध्ययन सामाग्री तयारीमा अमुल्य योगदान दिएका धितालले विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा योगदान पुर्याउँदै आएका छन् ।   यसअघि पनि उनले लेखामान बोर्डर लेखापरीक्षणमान बोर्ड -Auditing Standards Board_ मा सल्लाहकारका रूपमा प्राविधिक योगदान दिईसकेका छन् । 

धितालले नेपाल तथा भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी -FCA_ गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए -MBA_ , अमेरिकाको ISACA बाट सिसा -CISA_, र बेलायतको ACCA बाट डिपआई एफआर -DipIFR_ जस्ता उच्च व्यावसायिक र प्राविधिक योग्यताहरू रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय परिमार्जन र उत्कृष्ट अभ्यास -International Best Practices_ सँग जोड्न रनेपाल वित्तीय प्रतिवेदनमान -NFRS_ लाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन नवनियुक्त अध्यक्ष धितालको प्राविधिक विशेषज्ञता र नेतृत्वले बोर्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ । उउनको विज्ञता र क्षमताको आधारमा नेपाल लेखामान बोर्डको लागि योग्य देखिएकोले नै उनलाई नियुक्ति गरिएको जानकारी अर्थमन्त्रालयका प्रबक्ता अमृत लम्सालले बताए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X