बुधबार, असार २४,२०८३ 02:54:37
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:54:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ऊर्जा उत्पादक संस्था इप्पानको नयाँ नेतृत्व चयन, अध्यक्षमा डाँगी

Laxmi Sunrise Bank Limited
ऊर्जा उत्पादक संस्था इप्पानको नयाँ नेतृत्व चयन, अध्यक्षमा डाँगी

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नयाँ नेतृत्व पाएको छ।  

२४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगी अध्यक्ष बनेसँगै संस्थाको नयाँ कार्यसमिति चयन भएको हो।

New Office
CG Motors
Garima Development Bank

निर्वाचन समितिका अनुसार शुक्रबार राति सम्पन्न साधारणसभाले ऊर्जा क्षेत्रमा निजी लगानीकर्ताको प्रतिनिधित्व गर्ने संस्थाको आगामी कार्यकालका लागि नेतृत्व टुंग्याएको हो।  

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा पुग्ने व्यवस्थाअनुसार डाँगीले नेतृत्व सम्हालेका हुन्।

नयाँ कार्यसमितिमा उत्तम भ्लोन वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।  

उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन्।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। 

सचिवहरूमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यसमितिको कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो। उक्त प्रतिस्पर्धामा शंकर बस्याल २६७ मतसहित विजयी बनेका छन्।

त्यस्तै खुला सदस्य पदमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

ऊर्जा क्षेत्रको लगानी, जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार विस्तार तथा नीतिगत सुधारका मुद्दा आगामी कार्यकालमा नयाँ नेतृत्वका प्रमुख प्राथमिकता रहने अपेक्षा गरिएको छ।

निजी ऊर्जा क्षेत्रको प्रभाव बढिरहेका बेला इप्पानको नयाँ नेतृत्वलाई लगानीमैत्री वातावरण निर्माण र ऊर्जा बजार विस्तारमा महत्वपूर्ण भूमिकाका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X