काठमाण्डौ । सरकारले मधु मरासिनीलाई पुनः अर्थ सचिव नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष अदालतबाट सफाई पाएका मरासिनीलाई पुनःअर्थ सचिव नियुक्त गरेको हो ।
मरासिनीले नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार प्रकरणमा गत वैशाख ७ गते सफाई पाएका थिए । भ्रष्टाचार मुद्दामा सफाई पाएपछि मरासिनीलाई प्रधानमन्त्री प्ष्पकमल दाहालको रोजाइमा पुनः अर्थ सचिव नियुक्त गरिएको हो ।
भ्रष्टाचार मुद्दामा सफाई पाएपछि मरासिनी आइतबार प्रधानमन्त्री कार्यालयमा हाजिर भएका थिए ।
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मुद्दा दायर गरेको थियो । सोहि मुद्दामा गत शुक्रबार मरासिनीसहित ८ जनाले अदालतबाट सफाई पाएका थिए ।
यससँगै मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ ।